जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धनकुटा सल्लेरी, वडा नं. ६ मा अवस्थित एक सरकारी स्वास्थ्य संस्था हो। यस केन्द्रले आयुर्वेद पद्धतिमा आधारित उपचार सेवा प्रदान गर्दै आएको छ।“स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च” भन्ने मूल सिद्धान्तलाई आत्मसात् गर्दै यसले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा तथा बिरामीको रोग निवारणमा ध्यान केन्द्रित गर्दछ।

यहाँ आयुर्वेदिक परामर्श, औषधि वितरण तथा प्रयोगशाला सेवा उपलब्ध छन्। सबैका लागि खुला यस केन्द्रले केही निःशुल्क सेवा तथा औषधि पनि प्रदान गर्दछ। साथै, यहाँ औषधीय बिरुवाहरूको सानो संग्रह पनि रहेको छ, जसले आयुर्वेद सम्बन्धी ज्ञान अभिवृद्धिमा सहयोग पुर्याउँछ।