मुख्य सामग्रीमा जानुहोस्
मुख्य उद्देश्यहरू
- सबै नागरिकलाई सुलभ र गुणस्तरीय आयुर्वेद सेवा प्रदान गर्ने,
- आयुर्वेद र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय गरी प्रभावकारी निदान तथा उपचार सेवा विकास गर्ने,
- रोगको रोकथाम, स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने,
- योग, ध्यान, आहार-विहार (lifestyle modification) मार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने,
- स्थानीय जडीबुटी तथा प्राकृतिक स्रोतहरूको संरक्षण, उपयोग र प्रवर्द्धन गर्ने,
- सेवाको गुणस्तर सुधार गर्दै सरकारी स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि गर्ने,
- अनुसन्धान, अभिलेखीकरण तथा तथ्यमा आधारित सेवा विस्तारमा जोड दिने,
दृष्टि (Vision):
- आयुर्वेदिक ज्ञान, योग, ध्यान तथा जीवनशैली व्यवस्थापनको प्रवर्द्धन गरी जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने,
- स्वास्थ्यप्रति सचेत, आत्मनिर्भर र जिम्मेवार समाज निर्माणमा योगदान गर्ने,
- हरेक व्यक्तिलाई स्वास्थ्य शिक्षा र सचेतनामा सहभागी गराउने,
- आयुर्वेदिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन दिँदै नयाँ पुस्तामा सीप, ज्ञान र दक्षताको विकास गर्ने।