प्रेस बिमोचन
निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा
प्रेस विज्ञप्ति
विषय: निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धनकुटाको आयोजनामा तथा पाख्रीवास नगरपालिकाको समन्वयमा २०८३ साल असार २० गते शनिबार पाख्रीवास नगरपालिका वडा नं. ४ मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
उक्त शिविर बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। शिविरमार्फत आयुर्वेद चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यकतानुसार तथा उपलब्धताको आधारमा नि:शुल्क औषधि वितरण, रक्तचाप (BP) जाँच, सुगर जाँच, तौल मापन, पूर्वकर्म सेवा, योग परामर्श तथा जीवनशैली सम्बन्धी परामर्श प्रदान गरिनेछ।
यस शिविरमा ग्यास्ट्रिक, अपच तथा पेट फुल्ने समस्या, टाउको दुख्ने तथा माइग्रेन, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, सुगर तथा उच्च रक्तचाप, छालासम्बन्धी विभिन्न रोग, स्त्री तथा प्रसूति सम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोग, बाल स्वास्थ्य सम्बन्धी समस्या तथा अन्य विभिन्न रोगहरूको आयुर्वेदिक परामर्श तथा उपचार सेवा उपलब्ध हुनेछ।
आयुर्वेद चिकित्सा सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने तथा रोगको समयमै पहिचान, रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यस शिविरमा पाख्रीवास नगरपालिका तथा आसपासका क्षेत्रका सम्पूर्ण सेवाग्राही महानुभावहरूलाई उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
थप जानकारीका लागि:
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धनकुटा
☎ ९८५२०७३३१७, ०२६-५२२२१७